भुसाललाई दोस्रो पटक त्रिविको उपकुलपति तोकियो



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ। उपकुलपति पदका लागि प्रा.डा.शिवलाल भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ। उनको मंगलबारदेखि अवधि सकिएपछि उनलाई पुन: निरन्तरता दिएको हो ।

उपकुलपति सिफारिस समितिले विज्ञहरूको सहयोगमा आवेदकहरूको मूल्याङ्कन सुरू गरेको छ। उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। भुसाल यसअघि त्रिविमै शिक्षाध्यक्ष थिए। त्रिविलगायत विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिसहित पदाधिकारी तोक्ने गरेमा विरोध हुन थालेपछि खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति माग भएको थियो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने र मेरिटका आधारमा नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। जसअनुसार यस पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नको लागि दखास्त आवह्रान गरेको गरिएको थियो । उपकुलपति नियुक्तिका लागि ४३ जनाले आवेदन दिएका थिए

प्रतिक्रिया दिनुहोस्