रोकेको गोलमा बार्सिलोनाको जित



काठमाडौँ । युवा ब्राजिलियन खेलाडी भिटर रोकेको पहिलो गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत बुधवारको खेलमा ओसासुनालाई हराएको छ । रोकेले बेन्चबाट आएर गरेको गोलको मद्दतमा बार्सिलोनाले १-० को जित हासिल गरेको हो ।

चिर प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा १० अङ्क र शीर्ष स्थानको जिरोना भन्दा ११ अङ्क पछाडि रहेर खेल सुरुवात गरेको बार्सिलोनाका रोकेले ६३औँ मिनेटमा खेलको गोल गरे । उनले जोआओ क्यान्सेलोको क्रसमा हेडर मार्फत गोल गरेका थिए । त्यसको एक मिनेटमा अघि मात्रै उनी मैदान प्रवेश गरेका थिए।

१-० ले पछि परेको ओसासुनाका उनाई लोपेज दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । तर बार्सिलोनाले त्यसको फाइदा उठाएर थप गोल भने गर्न सकेन । बार्सिलोनाको २२ खेलमा ४७ अङ्क पुगेको छ। त्यत्तिनै खेलमा शीर्षस्थानको जिरोनाको ५५ र एक खेल कम खेलेको रियलको ५४ अङ्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्