बाराको सिम्रौगढबाट कटुवा पेस्तोल बरामद



कटुवा पेस्तोल

काठमाडौँ । बाराको सिम्रौनगढबाट कटुवा पेस्तोल सहिद एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-६ सतुवाहीस्थित सार्वजनिक पोखरीबाट प्रहरी सो पेस्तोल नियन्त्रणमा लिएको हो ।

पोखरीमा जालबाट माछा मार्ने क्रममा जालमा कटुवा पेस्तोल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्