रियल म्याड्रिडको जित



Real Madrid

काठमाडौँ । रियल म्याड्रिड पुनः स्पेनिस ला‌ लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल बिहीबार गेटाफेलाई २-० ले पराजित गरेको थियो। रियललाई जित दिलाउन दुवै गोल जोसेलुके गरेका थिए। उनले १४औँ र ५६औंले गोल गरेका थिए।

जितपछि रियलको‌ २२ खेलमा ५७ अङ्क छ । समान खेल खेलेको जिरोना ५५ अङ्कका साथ दोस्रो स्थानमा छ ।समान खेलबाटइ समान ४७ अङ्क बटुलेको एट्लेटिको मड्रिड तेस्रो र बार्सिलोना चौथो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्