स्मार्ट फोन र स्मार्ट टिभीजस्तै ‘स्मार्ट ट्वाइलेट‌’, जसले तपाईँले चाहेका सुविधा दिन्छ



काठमाडौँ । तपाईँले स्मार्ट टिभी र स्मार्ट फोन त प्रयोग गर्दै आउनुभएको छ । अब भने बजारमा स्मार्ट ट्वाइलेट (कमोड) पनि आएको छ । अमेरिकाको लस भेगासमा आयोजना गरिएको सीईएस २०२४ मा यस्तो खालको स्मार्ट कमोड प्रदर्शन गरिएको छ ।

उक्त इभेन्टमा कोहलर नामक एक अमेरिकी कम्पनीले स्मार्ट कमोड लन्च गरेको हो । अमेरिकामा यसको विक्री पनि हुन थालेको छ । यसको मूल्य नेपाली रुपैयाँ १ लाख ७० हजार रुपैयाँ पर्छ । यो सेतो रङ्गमा मात्र उपलब्ध छ ।यसबारे कम्पनीले एक भिडियो युट्युबमा पनि अपलोड गरेको छ ।

यो कमोडमा हातको प्रयोग गर्नु पर्दैन । यसले स्वचालित रूपमा सबै काम गर्न सक्छ । यसमा जेट स्प्रे भ्वाइस कमान्डका रूपमा उपलब्ध छ । यसलाई प्रयोग गर्न भने एलेक्सा या गुगल होमको सहायताबाट मात्र गर्न सकिन्छ ।

कम्पनिकाअनुसार यो कमोडलाई एपबाटै नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई रिमोटको सहायताबाट पनि प्रयोग गर्न सकिन्छ । साथै यसमा पानीको तापक्रम, पानीको दबाब, सिट सबै आफू अनुकूल समायोजन गर्न सकिने सुविधा छ । यसमा मसाज मोड पनि उपलब्ध छ । साथै यसमा स्वचालित यूभी क्लिनिङ पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्