लापसे गरी सवारी चलाउने ६ जना चालक प्रहरीको नियन्त्रणमा



काठमाडौँ । लापसे गरी सवारी चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  काठमाडौँको नागढुङगामा शुक्रवार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

 प्रदेश २-०३-००१ ख ५१ ८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका ६ का ३० वर्षीय राजेन्द्र थारु, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्‍चिमको बर्दघाट नगरपालिका १२ का २३ वर्षीय पारस वि.क.ना ८ ख २३ ०७ नम्बरका बस चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय दिपक थापालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै  बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ७ का ३२ वर्षीय कृष्ण परियार र बा ३ ख ४६ ६० नम्बरका हाइस चालक स्याङ्जाको वालिङ नगरपालिका ७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले २५ ओटा सवारी सवारी साधन चेक गर्दालागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

सार्वजनिक, निजी तथा यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्