१० किलो गाँजा बरामद



काठमाडौँ । बाराको सुवर्ण गाउँपालिका-२ नहर चोकबाट करिब १० किलो अवैध लागू औषध गाँजा शनिवार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरीलाई देख्नासाथ अन टेस्ट लेखिएको मोटरसाइकल र झोला छाडी अपरिचित व्यक्तिहरू फरार भएपश्चात् उक्त झोला जाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्