मुकेश अम्बानी भारतको पहिलो र विश्वकै दोस्रो शक्तिशाली सीईओ



काठमाडौँ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले ब्रान्ड गार्डियनशिप इन्डेक्स २०२४ मा दोस्रो स्थान हासिल गरेका छन्। माइक्रोसफ्टका सीईओ सत्य नाडेला, गुगलका सीईओ सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछि पार्दै लगातार दोस्रो वर्ष उक्त स्थानमा उनी कायम रहेका हुन्।

योसँगै उनी ‘डाइभर्सिफाइड’ समूहको शीर्ष स्थानमा रहेका सीईओ पनि बनेका छन् । ब्राण्ड फाइनान्सले जारी गरेको सूची अनुसार मुकेश अम्बानी भारतीयको सूचीमा पहिलो र विश्व स्तरका हिसाबले दोस्रो स्थानमा परेका छन् । यस सूचीमा टेसेन्टका सीईओमा हुवाटङ पहिलो स्थानमा रहेका छन्।

ब्राण्ड फाइनान्सले अम्बानीलाई ८०.३ को BGI अंक दिएकाे छ जुनमा हुवाटङको ८१.६ अंकभन्दा थोरै मात्र कम हो। यस्तै, टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पनि पाँचौं स्थानमा पुगेका छन् । २०२३ मा उनी आठौं स्थानमा थिए। यसैगरी, छैटौं स्थानमा महिन्द्रा एण्ड महिन्द्राका अनिश शाह रहेका छन् । उनीपछि इन्फोसिसका सलिल पारेख १६ औं स्थानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्