६४ किलो गाँजासहित एक जना पक्राउ



मकवानपुर ।  मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजालाई अवैध लागू औषध गाँजा ६४ किलोसहित मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्