सहकारी ठगको नीतिगत समाधानमा लागि रहेका छौँ : रवि लामिछाने



रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले सहकारी ठगको आरोप लागिरहँदा आफू सहकारी र लघुवित्त समस्या समाधानको नीतिगत उपाय र योजनाको प्रतिवेदन बनाउने कार्यमा व्यस्त रहेको बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि लागेको आरोपमाथि ध्यान दिनुभन्दा पनि त्यसको समाधानको उपायमा लागिपरेको बताएका हुन् ।

उनले भने, ‘चर्चा, परिचर्चा, आरोप, प्रत्यारोपमा सबै व्यस्त रहँदा सहकारी र लघुवित्त समस्या समाधानको नीतिगत उपाय र योजनाको प्रतिवेदनमा व्यस्त रह्यौँ । आफूलाई लागेको आरोपमा ध्यान दिनुभन्दा त्यसको समाधानको उपायमा हामी लाग्यौँ ।’

उनले आफू सरकारलाई सहयोग गर्न तयार हेको पनि बताए । आवाज, आरोप–प्रत्यारोप, फुस्रा भाषण र नारा मात्रै नभएर आफूहरूले योजनासहितको प्रतिवेदन तयार गरेको रविको भनाइ  छ । ।

प्रतिक्रिया दिनुहोस्