कुशलको सातौँ अर्धशतक 



कुशल भुर्तेल

काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेल क्यानडासँगको पहिलो ओडिआई खेलमा अर्धशतक बनाउँदै आउट भएका छन् ।स्पिनर तथा कप्तान साद विन जफरको १९ औँ ओभरको तेस्रो बलमा अघि बढेर सट खेल्न खोजे पनि मिस भएपछि कुशल भुर्तेल ६२ रनमा विकेटकिपर मोभाबाट स्टम्पिङ आउट भएका हुन् ।

उनले ५८ बलमा ९ चौका र १ छक्का हाने । उनको ओडिआई करिअरको सातौँ अर्धशतक हो । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्