नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जवानदेखि खेलाडीसम्म भर्ना खुल्यो 



काठमाडौँ । नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित १ हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । यसै गरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।

 सूचना :

प्रतिक्रिया दिनुहोस्