आकाशले डेब्यू खेलमै लिए विकेट, नेपाललाई पहिलो सफलता



काठमाडौँ । आकाश चन्दले सिनियर टोलीबाट डेब्यू गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा  आफ्नो पहिलो विकेट लिएका हुन् ।

उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनीत धालिवाललाई आशिफ शेखद्वारा क्याच गराए । मैदानमा जमिसकेका नवनितले ४६ रन बनाए आउट भएका हुन् ।  उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८.२ ओभरमा नवनीत आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्