हेमन्त धामीलाई डेब्यू खेलमा डेब्यू विकेट



काठमाडौँ । एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेल जारी रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।

सिरिजको अन्तिम खेलमा मौका पाएका तीव्रगतिका युवा बलर हेमन्त धामीले डेब्यू खेलमै डेब्यू विकेट लिएका छन् । उनले आफ्नो पहिलो स्पेलको दोस्रो ओभरमा क्यानडाका आरोन जोनशनलाई व्यक्तिगत चार रनको अवस्थामा देव खनालको हातबाट क्याच गराए । २.४ ओभरमा सात रनको अवस्थामा क्यानडाले पहिलो विकेट गुमाएको हो । तीन एकदिवसीय म्याचको शृङ्खला भने नेपालले २–१ ले जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्