क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य



काठमाडौँ । अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनाएको हो । नेपालले केहीबेरमा ब्याटिङ गर्ने छ ।

नेपालका लागि हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए। यसअघि दुवै खेल जितेर नेपाल यो शृङ्खलामा विजयी बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्