माओवादीको नाममा चन्दा आतङ्क मच्चाउने २ जना पक्राउ



काठमाडौँ । विराटनगरमा धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरूमा भूमिगत सङ्गठनको नाममा चन्दा आतङ्क मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मङ्गलवार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका९ १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरूमा चन्दा आतङ्क मच्याइरहेको थियो । बुधबार विराटनगर महानगरपालिका- ३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको छ ।

नेपाल कम्युनिट पार्टी ९माओवादी०को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरूमा चन्दाका लागि चिठ्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोगसम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्