इलाममा घरमै जन्म दर्ता



इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्म दर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्म दर्ता वडामै बनाएर आज पु¥याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भन्नुभयो, “यहाँ कति जनालाई त जन्म दर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफँै बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्म दर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उहाँकी आमा वर्षाले बताउनुभयो ।

सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्म दर्ता घरघरमै पु¥याउन सुरुआत गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्र्ता नगराएपछि विगत दुई वर्षदेखि जन्म दर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्म दर्ता पु¥याई दिने अभियान सुरुआत गरेको हो । “नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,” वडाध्यक्ष उर्गेन बम्जनले भन्नुभयो, “उहाँहरूले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरूले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।” त्यसका आधारमा वडाले जन्म दर्ता तयार गर्ने बम्जनले बताउनुभयो । उहाँका अनुसार, जन्म दर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकलाई हस्तान्तरण गरिन्छ ।

वडामा रहेका सात वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्म दर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रूपमा लिइएको बमजन बताउनुहुन्छ । “हामीले विगत दुई ।।। पहिले स्कुल–स्कुल घुमेर जन्म दर्ता नभएका नानीहरु चेक ग¥यौँ,” उहाँले भन्नुभयो, “वडामा सात वटा सामुदायिक र दुई वटा संस्थागत गरी नौ वटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्म दर्ता गरायौँ र पनि समस्या समाधान भएन ।”

शत्प्रतिशतको जन्म दर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्म दर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्म दर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताउनुभयो । “खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रूपमा यो अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छभने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । “कसैले बालबालिकालाई स्कुल पु¥याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,” वडा सचिव सञ्जय ढुङ्गेलले भन्नुभयो, “विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।”

यसअघि जन्म दर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरूका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भन्नुभयो, “जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।” देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्