पेट्रोल र डिजेलको मूल्य बढ्यो 



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आज (शुक्रबार) बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलको लिटरमा दुई–दुई रुपैयाँ बढेको जानकारी दिएको छ । निगमका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि९२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ। आजबाट लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्