नेदरल्याण्डसविरुद्ध आसिफ सेखको पनि अर्धशतक



काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा उनले ४३ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । यही खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्