सुनको मूल्य बढ्यो



काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रवार १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने बिहीबार १ लाख १६ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्