मिलापत्र गरेर छुटे डीएसपी हुँ भन्दै धम्क्याउने प्रविन श्रेष्ठ



काठमाडौँ । प्रहरीको डीएसपी हुँ भन्दै मधेसी युवामाथि दुर्व्यवहार गर्ने प्रविन श्रेष्ठ मिलापत्र गरेर छुटेका छन् । कार चलाइरहेका मधेसी युवालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेका थिए ।

धनगढी घर भई काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने ५२ वर्षीय श्रेष्ठलाई प्रहरीले विपक्षी चालकसँग झिकाएर छलफल गराएको थियो ।  छलफल पछि उनीहरू मिलापत्र गरेर गएको प्रहरीले जनाएको छ । श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ भने उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्