नेपाल ए ले आज क्यानडा-११ सँग दोस्रो खेल खेल्दै



काठमाडौँ । नेपाल ए ले  आज क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सरु हुने छ ।  तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।

नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरूलाई मौका दिन सक्छ । स्पिनर शेर मल्ल, बायाँ हाते ब्याटर सुजन थपलिया, तीव्र गतिका बलर हेमन्त धामी र रिजन ढकाल पहिलो खेलमा बेन्चमा थिए । हेमन्त र रिजनले क्यानडासँग ओडीआई खेल खेलेका थिए । स्पिनर शेर र ब्याटर सुजन आज रोजाइमा पर्न सक्छन् ।

तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्