नेपालले आज नामिवियासँग खेल्दै



नेपाल,नामिविया

काठमाडौँ । नेपालले जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दै छ । खेल बिहान ९ :३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । नेपालले बलिङमा कडा प्रतिस्पर्धा गर्दै ३३.१ ओभरमा खेल पुराउँदै ६ विकेट लिएको थियो ।

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै उक्त लक्ष्य नेपालले १५.२ ओभरमा पूरा गरेको थियो । अनिल शाह र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेका थिए । आसिफ शेखले पनि अर्धशतक प्रहार गरेका थिए ।

पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ । उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र दर्शकको फाइदा उठाउँदै नेपाल नामिवियासँग हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्