नाकमा सलाइको काठी राखेर अनौठो विश्व कीर्तिमान !



काठमाडौँ । विश्वमा धेरै मानिसहरू छन् जो विश्व कीर्तिमान बनाउन चाहन्छन्, तर त्यसो गर्न सबैको सामर्थ्यमा हुँदैन, किनकि विश्व रेकर्ड बनाउनको लागि आवश्यक पर्ने कडा परिश्रम गर्न मानिसहरू प्रायः हिचकिचाउँछन्। यद्यपि कीर्तिमान बनाउने व्यक्तिहरूले अरूलाई पनि प्रेरणा दिन्छन्, केही विश्व रेकर्डहरू छन् । यस्तै एउटा कीर्तिमान डेनमार्कका एक व्यक्तिले बनाएका छन् जसले सबैलाई चकित बनाएको छ ।

वास्तवमा यो व्यक्तिले नाकमा ६८ वटा सलाइको काठी राखेर आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता गराएको छ । गिनिज वल्र्ड रेकर्डका अनुसार उक्त व्यक्तिको नाम पिटर भोन ट्याङ्गेन बुस्कोभ हो। पिटरले यो विश्व कीर्तिमान मात्र बनाएका छैनन्, यो कीर्तिमान बनाउने उनी विश्वकै पहिलो व्यक्ति पनि हुन्, जसको अर्थ पिटर भन्दा पहिले यस्तो विश्व कीर्तिमान कसैले बनाएको थिएन । नियम अनुसार कीर्तिमान बनाउनको लागि एक व्यक्तिले नाक भित्र कम्तिमा ४५ वटा सलाइको काठी हाल्नु पर्ने हुन्छ भने पिटरले आफ्नो नाममा ६८ वटा सलाइको काठी हालेका थिए ।

पिटर भन्छन्, ‘म सधैँ जीवनको रोचक र अद्वितीय पक्षहरू हेर्ने प्रयास गर्छु’। नाकमा यति धेरै सलाइको काँटी हाले पनि आफूलाई कुनै नोक्सान नभएको पनि उनले दाबी गरे । उनको नाक निकै ठुलो र छाला निकै लचिलो रहेको र यसले यो कीर्तिमान बनाउन सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्