पोर्टोसँग आर्सनलको हार



पोर्टोसँग आर्सनलको हार

काठमाडौँ । इङग्लिस प्रिमियर लिग टोली आर्सनल च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ। बुधबार पोर्टोले आर्सनललाई १(० ले हराएको हो ।इन्ज्युरी समयको चौथो मिनेटमा गालेनोले गोल गरेपछि पोर्टोको जित सम्भाव भएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा आर्सनलले हार बेहोरेको छ। बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलियन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् । खेलमा दबाब आर्सनल बनाएपनि गोल निकाल्न सकेन । अघिल्लो चरणका प्रवेशका‌ लागि आर्सनलले घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँनु पर्ने हुन्छ ।
अर्को खेलमा नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेलेका छन्।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्