अछामको वैद्यनाथ धाममा १४४ वर्षपछि कोटिहोम लाग्दै, राष्ट्रपतिले उद्घाटन गर्ने



अछामको वैद्यनाथ धाम

काठमाडौँ । अछामको वैद्यनाथ धाममा बिहीबारदेखि  कोटिहोम लाग्ने भएको छ । साफेबगर नगरपालिका९१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जानकारी गराएको छ ।  पौडेलले बिहान ११ बजे कोटिहोम ९महाकुम्भ०को विधिवत् रूपले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्