गृह मन्त्रालयले  देशभरबाट सरकारी जग्गा अतिक्रमणको विवरण जम्मा गर्दै 



काठमाडौँ । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण सङ्कलन  गर्ने भएको छ । सोही क्रममा गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमणको अवस्थाबारे विवरण सङ्कलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोग चलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न हमन्त्रालय भनेको छ ।

त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधवार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्