काँग्रेस महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषय प्रवेश



काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । काँग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले महासमितिको हलमा हिन्दु राष्ट्रको विषय प्रवेश गराएका हुन् ।

ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा नेता भण्डारीले १ हजार बढी महासमिति सदस्यको हस्ताक्षरसहितको पूरक प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई महासमिति सदस्यहरूले ताली पड्काएर समर्थन गरेका थिए ।

हिन्दुराष्ट्रको मागलाई पछिल्लो समय नेपालमा विभिन्न राजनीतिक दल तथा समूहहरूले पनि उठाउँदै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको मागलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा रूपमा अघि सार्दै आएको छ । त्यस्तै मेडिकल व्यवसाय दुर्गा प्रसाईँको गुरुपले पनि सो विषलाई उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्