विश्वकप लिग-२ : नेदरल्याण्डसको सामना गर्दै नामिबिया



काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत  नेपालमा जारी सिरिजमा आज नामिबिया र नेदरल्याण्डस खेल्दैछन् । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदै छ ।

लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो ।

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्