परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट



काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रवार भेटवार्ता भएको हो ।

भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री साउदलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।

विदेशमन्त्री जयशंकरले आफूहरूको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताए । रायसीना संवाद कार्यक्रम आज समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्