निरन्तर छैटौँ कारोबार दिन पनि घट्यो नेप्से



काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक भारी अङ्कले ओरालो लागेको छ । अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले आइतबार पनि भारी अङ्कले ओरालो लागेको हो ।

आइतबार नेप्से परिसूचक २६.८१ अङ्क घटेर १९७९.०२ विन्दुमा झरेको छ। त्यसै गरी, सेन्सेटिभ इण्डेक्स ५।७४ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अङ्क घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ८८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से घटेपनि बोटलर्स नेपाल (बालाजु) को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयर मूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढिरहेको छ। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको सेयर मूल्य साढे ८ प्रतिशत बढेको छ। समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

२३।८० प्रतिशत बोनस सेयर वितरणपश्चात २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको सन नेपाल लाइफ इन्स्योरेन्स भने यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसै गरी, यस दिन जोशी हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्सको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २।४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्