एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने



काठमाडौँ । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउन लागेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् । मैदानको उद्घाटनमा आज चार टिम सम्मिलित टी–२० फर्म्याटको क्रिकेट प्रतियोगिता हुने छ । नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडी लेजेण्ड्स ९६, २०१४ को टी–२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरू, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबिचको प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्