आगलागीका कारण रोल्पामा एक वृद्धाको मृत्यु



काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको छ । आगलागीमा परेर ७५ बर्सिया हरिकला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मङ्गलवार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

तर वृद्धाको शरीर जलेका कारण उनको ज्यान गएको हो ।  घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्