नेदरल्याण्ड्सविरुद्ध रोहितको अर्धशतक



काठमाडौँ । टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा रोहितले ३५ बलमा अर्धशतक पूरा गरेका हुन्।

सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरेका छन्। नेपालका लागि यो उनको छैठौं अर्धशतक हो। ५० रन बनाएलगत्तै रोहित सिब्रान्डको बलमा विकेटकिपरबाट क्याच आउट हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्