आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ



काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरीको अनुरोधमा ऊनीलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी गराएका हुन् ।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा खतिवडाले जाहेरी दिएका थिए।  जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्