फुटपाथ व्यवसायी र काठमाडौँ नगर प्रहरीबिच झडप



काठमाडौँ । काठमाडौँको सुनधारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । फुटपाथ व्यवसाय हटाएको काठमाडौँ महानगरपालिकाले पछिल्लो समय राति ९ बजेपछि राख्न दिने भनेको छ । तर साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधवार साँझ नगर प्रहरीले व्यवसायीहरूलाई हटाएको थियो ।

त्यस क्रममा सुनधारा क्षेत्रमा झडप भएको छ । नगर प्रहरी केहीलाई पक्राउ गर्नुका साथै लाठी हानेपछि व्यवसायीहरूले प्रतिकार गरेका थिए । नगर प्रहरीले एक्कासि बल प्रयोग गरेर दुःख दिएको व्यवसायीहरूको गुनासो रहेको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले भने नगर प्रहरीलाई ढुंगामुढा गरेपछि  प्रतिकार गरेको बताए ।

काठमाडौँको क्षेत्रमा नगरले तोकेको समयमा व्यापार गर्ने हो भने  लगभग व्यापार नगर्नु भने सरह नै हो किन भने, सो ठाउँमा राती ९ बजेपछि कोही मानिस सामान किन्नको लागि आउँदैन ।

प्रतिक्रिया दिनुहोस्