४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो



काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित संसद् भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । मङ्गलवार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

तीन दिनअघि संसद् बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो । केही समययतादेखि लघुवित्त पीडितहरू काठमाडौँ  केन्द्रित आन्दोलनमा रहेका छन्। लघुवित्त पीडित सङ्घर्षका नाममा उनीहरूले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। लघुवित्त पीडित सङ्घर्षका नाममा उनीहरूले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्