शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरूमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौँले कुटपिट र अङ्गभङ्ग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।  शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनीयतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए । पक्राउ परेपछि आफूले कुटपिट नगरेको दाबी वाइबाले गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्