कुशल मल्लको अर्धशतकको मद्दतमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य



काठमाडौँ । कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौँ ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए। त्यसपछि आठौँ ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्