अछाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी



काठमाडौँ ।अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञमा आगलागी भएको छ। शनिवार दिउँसो २ बजेतिर कोटोहोमको मुख्य हवन कुण्डमा हवन गरिरहेको बेला आगलागी भएको हो। आगलागीबाट हवन कुण्ड जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।

कोटीहोम स्थलमा रहेको मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई सकिएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ। कोटीहोम महायज्ञ १ सय ४४ वर्षमा एक पटक लाग्ने गर्दछ। फागुन १० गतेदेखि सुरु भएको महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्