साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित



काठमाडौँ । काठमाडौँमा जारी साफ यु–१६ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० ले पराजित भएको हो ।

बङ्गलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरिन् । खेलको २५औँ मिनेटमा उनले बङ्गलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पेनाल्टीमार्फत ३१औँ मिनेटमा उनले बङ्गलादेशका निम्ति दोस्रो गोल गरिन् ।

नेपालले दोस्रो खेल यही फागुन २१ गते भुटानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्