टी–२० सिरिज अन्तरगत आज नामिबिया र नेदरल्यान्ड्स भिड्दै



काठमाडौँ । नेपालमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्स खेल्दै छन् । यी दुई टोलीबिचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ । आज हुने खेल शृङ्खलाको फाइनल टोलीको टुङ्गो लगाइनेछ ।

शनिवार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो । चारमध्ये २ खेल जितेर नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको छ ।

नेपाल र नेदरल्याण्डको समान ४ अङ्क छ । तेस्रो स्थानको नामिबिया र पहिलो स्थानको नेदरल्याण्ड्सबीचको खेल जित्नका लागि मङ्गलवार नेपालले फाइनल खेल खेल्नेछ ।

यसैबिच नेपाल क्रिकेट सङ्घ (क्यान्ले)ले आजको खेल दर्शकलाई निःशुल्क हेर्ने व्यवस्था गरेको छ । क्यानका अनुसार त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट किन्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्