हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका खेल्ने नेपाली टोली घोषणा



काठमाडौँ । आगामी साता हङकङमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

नेपालले हङकङमा आगामी ९ मार्चदेखि टी-२० आई त्रिकोणात्मक सिरिज खेल्दै छ भएको छ। सिरिज नेपाल, हङकङ र पपुवा न्युगिनीबीच हुनेछ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ। फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ। दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबिच प्रतिस्पर्धा हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रशिद खान, करन केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्