बैङ्कहरू सुरक्षित छन् : गभर्नर अधिकारी



काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले  नेपालका बैङ्कहरू सुरक्षित रहेको बताएका छन्। संसदीय समिति बैठकमा  बोल्दै गभर्नर अधिकारीले बाहिर हल्ला आएजस्तो बैङ्कहरू जोखिममा नरहेको स्पष्ट  पारेका हुन् । बैङ्कहरूको सवलतालाई हेरेर नै विदेशी बैङ्क तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले ऋण दिइरहेको अधिकारीले बताए ।

उनले भने,’बैंकहरूको सवलतालाई हेरर नै विदेशी बैङ्क तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले राम्रोखालको ऋण दिइरहेका छन्। हाम्रा संस्थाहरूमा समस्या हुन्थ्यो भने त उनीहरूले ऋण दिँदैनथे। यसैले हाम्रा संस्थाहरू सबल छन्।’

गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा देखिएको अराजक गतिविधिलाई रोक्न सकिएन भने कर्जाको माग र कर्जा प्रवाहमा समस्या हुने बताए ।   उनले सो विषयमा सरकारसँग पछि छलफल भइरहेको बताए ।

उनले भने,’अराजकतालाई रोक्न सकेनौँ भने हामीले सोचअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह  हुने अवस्था छैन। यसले बैङ्किङ क्षेत्रमा मनोबल गिराउने काम भइरहेको छ। बैङ्कका स्टाफहरूलाई कालो मोसो दल्ने । स्टाफहरूलाई अफिसबाट बाहिर निस्कने बित्तिकै नराम्रो व्यवहार गर्ने।  बैङ्किङ क्षेत्रलाई धारादायी बनाउन सकियो भने अरू खालका उद्देश्य परिपूर्ति गर्नलाई यस्तो खालको समूहले काम गरिरहेको हुन्छ। यसलाई समयमै रोक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्