सत्ता गठबन्धनमा खटपटको सङ्केत, सोमबार बिहानै बैठक बस्दै 



काठमाडौँ । सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा खटपटको सङ्केत देखिएपछि  सोमबार बिहान ८ बजे बैठक बस्न लागेको हो ।  गठबन्धन आएको खटपटका बिच बस्न लागेको  बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्