नेपाललाई चौथो झड्का



काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरीजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई चौथो झड्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपाललाई चौथो झड्का लागेको हो । नेपालका दीपेन्द्रसिंह ऐरी १४.३ ओभरमा १ रन जोडेर पभिलियन फर्किएका हुन् । यसअघि ओपनर आसिफ शेख ४७ रन बनाएर पभिलियन फर्किएका थिए । आसिफ १३।४ ओभरमा लेभिटको बलमा पभिलियन फर्किए ।

यस्तै, कप्तान रोहितकुमार पौडेल २५ रन बनाएर पभिलियन फर्किएका थिए । पौडेल ९.२ ओभरमा नेदरल्यान्ड्सका बलर लेभिटको बलमा क्याचआउट भएका थिए । त्यसअघि नेपालले ३.३ ओभरमा कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएका थिए । कुशलले १० बलमा २० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्