एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री हुने



काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री बन्ने भएका हुन् ।

प्रचण्डले बुधवार नै नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्