काँग्रेस संसदीय दलको बैठक बस्दै



काँग्रेस संसदीय दल

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै छ । सङ्घीय संसद्को लोत्से हलमा बिहान साढे ८ बजे बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि काँग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने बुधवार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।

प्रतिक्रिया दिनुहोस्