आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरी मनाइँदै



महाशिवरात्रि

काठमाडौँ । आज महाशिवरात्रि पर्व भगवान् शिवको उपासना गरी मनाइँदै छ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रि भगवान् शिव उत्पत्ति हुनु भएको दिन र भगवान् शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दु धर्ममा यस पर्वको विशेष महत्त्व रहेको छ ।

महाशिवरात्रि आराध्य देव भगवान् शिवको उपासना गरिने हिन्दुहरूको मुख्य चाड हो । देशभरका शिवालयहरूमा हर्षोल्लासका साथ भगवान् शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ ।

हिन्द धर्ममा कालरात्रि, मोह रात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूको विशेष महत्त्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधना गर्नाले भोग र मोक्ष दुवै प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्