अल नासरको हार



काठमाडौँ । घरेलु मैदानमा अल राइडसँग लज्जास्पद हार बेहोरेपछि साउदी प्रो लिगमा अल नासरको उपाधि होड न्युन बनेको छ ।अल नासर घरेलु मैदानमा अल राइडसँग ३–१ ले पराजित भएको हो ।

यस हारले अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि परेको छ । अल हिलालले अझै एक खेल कम खेलेको छ । साउदी प्रो लिगमा यो सिजन अल नासरको यो चौथो हार हो ।

अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा बिहीबार राति भएको खेलमा पाहुना टोली अल राइडको जितमा करिम इल बेर्काअ‍ोइ, मोहम्मेद फाउजेर र अमिर सायुदले गोल गरे । अल नासरका एमन अहमेदले एक गोल फर्काए ।

करिम इल बेर्काअ‍ोइकाको गोलबाट अल नासर १८औं मिनेटमा पछि परेको थियो । तर, २४औं मिनेटमा एमन अहमेदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि भने अल नासरको लागि खेल सुखद हुन सकेन ।

४६औं मिनेटमा मोहम्मेद फाउजेरले गोल गरेपछि अल नासर खेलमा १–२ ले पछि पर्यो । त्यसपछि ८७औं मिनेटमा अमिर सायुदले गोल गर्दै अल राइडलाई ३–१ को सहज जित दिलाए ।

यस जितले अल राइड २३ खेलबाट २३ अंक नै जोडेर १३औं स्थानमा छ । दोस्रो स्थानमा रहेको अल नासरको २३ खेलबाट ५३ अंक छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्